संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ४१९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११० जनाको पीसीआर परीक्षण गर्दा २०० र ९०३ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९०, झापामा ५५, सुनसरीमा २२, इलाममा १५, धनकुटामा ६, ताप्लेजुङमा २, भोजपुर र उदयपुरमा १/१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो ।

Advertisement

मोरङको विराटनगरमा ६६, बेलबारीमा ८, उर्लाबारीमा ६, कानेपोखरीमा ३, सुन्दरहरैचा र कटहरीमा २/२, लेटाङ, सुनबर्षी र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा २२, शिवसताक्षीमा १०, अर्जुनधारामा ७, बुद्धशान्ति, गौरादह, भद्रपुर र कनकाईमा ३/३, विर्तामोडमा २, झापा गाउँपालिका र कमल गाउँपालिकामा १/१ जना संक्रमित भएका छन् । त्यस्तै सुनसरीको इटहरीमा १६, धरानमा ३, बराहक्षेत्रमा २, दुहवीमा १, इलामको रोङमा ७, चुलाचुलीमा ४, माई, फाकफोकथुम, सुर्योदय र इलाम नगरपालिकामा १/१ जनामा संक्रमण देखिएको हो ।

यता, धनकुटाको धनकुटा नगरपालिकामा ४ र चौवीसेमा २, ताप्लेजुङको सिदिङ्वामा २, भोजपुरको भोजपुर नगरपालिका र उदयपुरको त्रियुगामा १/१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा आज ४७० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२९ महिला र २४१ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!