संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ६११ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३३८ जनाको पीसीआर परीक्षण गर्दा ४१४ र ७१८ जनाको एन्टिजेन परीक्षणगर्दा १९७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४४, मोरङमा १४२, सुनसरीमा ९३, धनकुटामा १५, इलाममा ४, भोजपुर, उदयपुर र संखुवासभामा २/२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको हो ।

Advertisement

झापाको दमकमा २७, कनकाई र विर्तामोडमा २१/२१, शिवसताक्षीमा १६, मेचीनगरमा १५, अर्जुनधारामा १२, भद्रपुरमा १०, कमल गाउँपालिकामा ९, गौरादह, हल्दिबारी र बुद्धशान्तिमा ३/३, बाह्रदशीमा २, कचनकवल र गौरीगञ्जमा १/१, मोरङको विराटनगरमा ४३, लेटाङमा ३८, पथरीशनिश्चरेमा २२, केराबारीमा १३, सुन्दरहरैचामा १२, उर्लाबारीमा १०, बेलबारीमा २, सुनबर्षी र मिक्लाजुङमा १/१ जना संक्रमित भएका छन् । त्यस्तै सुनसरीको इटहरीमा ५२, धरानमा ३०, इनरुवामा ४, गढीमा ३, बराहक्षेत्रमा २, रामधुनी र दुहवीमा १/१, धनकुटाको धनकुटा नगरपालिकामा १०, छथर जोरपाटीमा ३, चौवीसे र पाख्रिबासमा १/१ जनामा संक्रमण देखिएको हो ।

यता, इलामको माईमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १/१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १/१, उदयपुरको बेलका र चौदण्डीगढीमा १/१, संखुवासभाको मादी र स्थानीय तह नखुलेका १/१, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा आज ३१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२८ पुरुष र १८४ महिला छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ९ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!