संगालोखबर सम्वाददाता

धनकुटा, २२ भदौ । धनकुटा नगरपालिका–८ टेकुनालामा बिधुतको पोल लैजाने बिषयमा उत्पन्न विवाद पश्चात गएराति भएको झगडामा खुकुरी प्रहारबाट चारजना घाईते भएका छन ।

घाईते हुँनेमा स्थानीय युवा धनकुमार राई, असोक राई, पुरन राई र सुरवीन राई रहेको प्रहरीले जनाएको छ ।  घाईते तीन जनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ ।

Advertisement

घाईते धनकुमारलाई थप उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिए ।

सांकेतिक तस्वीर

उनका अनुसार सुरविनको हातको नसा काटिएकाले थप उपचारका लागि धरान पठाईएको हो । अरु घाईतेको टाउँको लगायत भागमा चोट लागेको छ । गाउँमा बिधुतको पोल लैजाने बिषयमा दिउँसो बिवाद भएको थियो ।

सोही बिषयमा राति झगडा हुँदा खुकुरी हानाहान भएको प्रहरी प्रमुख राजभण्डारीले बताएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!