संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा प्रहरीको नियन्त्रणमा रहेका एक अभियुक्त फरार भएका छन् । प्रहरीले पक्राउ गरी जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षणका लागि ल्याएका बेला विहान करिब ९ः२५ बजे अभियुक्त भागेका हुन् ।

Advertisement

अस्पताल अगाडि रहेको गल्लीबाट अभियुक्त भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । पुलिसको नियन्त्रणमा रहेका बेला उनी अस्पताल अगाडि रहेको गल्लीबाट भागेको स्थानीय रमेश पौडेलले जानकारी दिए । ‘पुलिसले पक्रेर मेडिकल गर्न ल्याएका बेला मान्छे भाग्यो, पुलिसहरु पछ्याउँदै गएका छन्,’ पौडेलले संगालोखबरसँग भने ।

यता, फरार भएका अभियुक्त को हुन् भन्ने खुल्न वाँकी छ । प्रहरीले यो बिषय खुलाउँन चाहेको छैन । जिल्ला प्रहरी प्रवक्ताले यो बिषयमा केही समयपछि मात्र बोल्ने प्रतिक्रिया दिए, पछि पुनः सम्पर्क गर्दा उनको फोन उठेन ।

कुनैपनि अभियोगमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँने गरेको छ । पक्राउ परेको २४ घण्टाभित्र अदालतमा पेश गर्नुपर्ने र अदालतको अनुमतिमा प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँने प्रावधान छ ।

अपडेट: फरार भएका अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी भागेपछि पछ्याउँदै गएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!