संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–१ छ नम्बर बुधबारेस्थित गढेरीमा पहिरोले घर पुर्दा मृत्यु हुँनेको संख्या सात पुगेको छ । उपचारका लागि लैजाने क्रममा आज दिउँसो थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या बढेको हो ।

हेलिकप्टरबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजानका लागि हेलिप्याडतर्फ लैजादै गर्दा दिउँसो करिब १ बजे घाइते ११ बर्षीय संजाल श्रेष्ठको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी नकुल पोखरेलले जानकारी दिए ।

Advertisement

गएराती करिब १२ बजे माथिबाट खसेको पहिरोले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुर्दा उनीसहित छ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घर पुरिँदा ६० बर्षीय भीमबहादुर श्रेष्ठ, उनका ९ बर्षीय नाति विनोद, ५ बर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ बर्षीय संजीव श्रेष्ठ, ३८ बर्षीया लक्ष्मी श्रेष्ठ र ७ बर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा परी ३१ बर्षीय भेषबहादुर श्रेष्ठ, २९ बर्षीया लिला श्रेष्ठ, ५४ बर्षीया गणितकुमारी श्रेष्ठ, ३३ बर्षीय उषा श्रेष्ठ, ११ बर्षीय संजाल श्रेष्ठ र २८ बर्षीय चन्द्रकुमार श्रेष्ठ घाइते भएका थिए । घाइते ११ बर्षीय संजालको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।

वाँकी घाइते पाँच जनालाई उपचारका लागि हेलिकप्टरमार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । बर्षाका कारण भेडेटार–छ नम्बर बुधबारे सडक खण्डका बिभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएकाले घाइतेहरुलाई हेलिकप्टरमार्फत धरान लगिएको हो । घाइतेमध्ये भेषबहादुर, लिला र गणितकुमारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोस्…

धनकुटामा पहिरोले घर पुर्दा छ जनाको मृत्यु

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!