आमा–वुवा दुवै गुमाएका धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं.१० का अनुज राईलाई नेपाली कांग्रेसले सहयोग गरेको छ । बिद्यार्थी परियोजना नेपाल काठमाडौंबाट प्राप्त १४ हजार ३ सय र साँगुरीगढी कांग्रेसले संकलन गरेको ७ हजार गरी २१ हजार ३ सय रुपैंयाँ प्रदान गरिएको हो ।