संगालोखबर सम्वाददाता
फाइल तस्वीर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा आज बिहान खोलाले बगाउँदा एक बृद्धको मृत्यु भएको छ । स्थानीय छरुवा खोलाले बगाउँदा चौविसे–५ बज्रमाईका ७१ बर्षीय भुवनसिंह खड्काको मृत्यु भएको हो ।

बिहान करिब ९ बजे खोला तर्ने क्रममा बगाउँदा बृद्ध खड्का खोलामा बेपत्ता भएका थिए । घटनाको जानकारी पाएपछि अस्थाई प्रहरी बिट मौनबुधुकबाट प्रहरी टोली घटनास्थल गएको थियो ।

Advertisement

प्रहरी र स्थानीयबासीले खोजी गर्ने क्रममा बगाएको स्थान भन्दा केही तल खोलामा बृद्धको शव फेला परेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी दिपककुमार रायले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!