संगालोखबर सम्बाददाता

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोब्बर भन्दा बढी मतान्तरसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । झापा क्षेत्र नं.५ बाट उम्मेद्वार बनेका ओलीले गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेद्वार खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५ सय ७४ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् ।

Advertisement

बुधबार साँझ सार्वजनिक अन्तिम मत परिणाम अनुसार ओलीले ५२ हजार ३ सय १५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अधिकारीले २३ हजार ७ सय ४१ मत पाए । योसहित ओली संसदीय निर्वाचनमा छैटौं पटक निर्वाचित भएका हुन् ।

उनले २०७४ को निर्वाचनमा पनि अधिकारीलाई नै हराउँदै बिजयी भएका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचन बाहेक २०४८ साल यताका सबै चुनावमा ओली निर्वाचित भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!