सुर्खेत, २५ कात्तिक । सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको देउती यातायात प्रालिको बा४ख ५०१० नं को गाडी शुक्रबार राति दैलेखको सियाकोटमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

Advertisement

दुर्घटनामा मृत्यु हुनेमा वीरेन्द्रनगर–९ का ३१ वर्षीय पारश तिवारी, दैलेख नौमूलेका ५६ वर्षीय रत्नबहादुर सिजाली र नौमूलेकै ४५ वर्षीय जिसी राना रहेका छन् । दुर्घटनामा परी १० जना घाइते भएका छन्।

घाइतेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको छ। तीव्रगतिका कारण गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक सरोज पौडेलले जानकारी दिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!