संगालोखबर सम्वाददाता
फायल तस्बीर

तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिकास्थित बसन्तपुर फुलेकको भित्रि सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । मृत्यु हुँनेमा ट्याक्टर चालक लालिगुराँस–५ का २२ बर्षीय पञ्च बहादुर मग्रान्ति र ट्याक्टरमा सवार १५ बर्षीय खेम सार्की छन् ।

बसन्तपुरबाट फुलेकतर्फ जाँदै गरेको को २ त ८४३६ नंम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव ३० मिटर तल खस्दा मग्रान्तिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा घाइते भएका सार्कीलाई अस्पताल पुर्याउने बित्तिकै डाक्टरले मृत घोषित गरेका थिए ।

Advertisement

दुर्घटनामा म्याङ्लुङ–७ का १७ बर्षीय दावा शेर्पा गंभीर घाइते भएका छन् । त्यस्तै लालिगुराँस–४ का २३ बर्षीय पवन राई सामान्य घाइते छन् । उनीहरुलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लागिएको छ । साघँरो सडक भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!