संगालोखबर सम्बाददाता
फायल तस्बीर

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ गुरुङ गुम्बामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते छन् । मृत्यु हुनेमा फुङलिङ–८ का २८ बर्षीय रुपेश राई छन् ।

शुक्रबार साँझ बेलुका ६ बजे सोही स्थानको भित्री सडक खण्डमा दाउरा लिएर दक्षिणतर्फ आउँदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । त्यस्तै दुुर्घटनामा घाइते भएका तीनै जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।

Advertisement

ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव १५ मिटर तल खसेको प्रहरीको भनाई छ

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!