संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदिन गाउँपालिका–३ मा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ताप्लेजुङको साँवाबाट दोभानतर्फ जाँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर दिउँसो सवा १ बजे दोभान साँवा सडक खण्डको खाम्लुङमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मेरिङदिन गाउँपालिका–१ का ४५ बर्षीय च्याम्जु भनिने निमा शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुर्घटनामा सोही ट्याक्टरका चालक र सह–चालक पनि घाइते भएका छन् ।

Advertisement

उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाएको छ । प्रहरीका अनुसार ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!