संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीमा तरवारले हानेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका–१ का ३२ बर्षीय कालु प्रसाद उराउ छन् ।

शुक्रबार राती १२ बजे उराउले उनकी श्रीमती ३२ बर्षीया चन्द्रकलालाई तरवारले घाँटी र शरीरका विभिन्न भागमा प्रहार गर्दा चन्द्रकलाको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय लौकहरीबाट खटिएको टोलीले कालु प्रसादलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

उनी मानसिक रोगी भएको पहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!