संगालोखबर सम्वाददाता
फाइल तस्वीर

झापा । झापाको मेचिनगर नगरपालिका–९ मा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मागुरमाणी सामुदायिक वनबाट गाउँमा पसेको हात्तीले आक्रमण गर्दा स्थानीय ४५ बर्षीय श्याम राईको मृत्यु भएको हो ।

गएराती साढे १२ बजे जंगली हात्ती गाँउमा पसेको थियो । गाउँ पसेको हात्ती देखाउँने क्रममा राईलाई हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट घाईते भएका उनलाई उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको थियो ।

Advertisement

उपचारका क्रममा राती २ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँ पसेको हात्तीलाई प्रहरी र स्थानीयबासीले जंगलतर्फ लखेटेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!