नेपालको कानून दैवले जानून् भन्ने उखानलाई चरितार्थ गर्दै एउटा कानून बनेको ५६ वर्षपछि पशुपतिनाथ मन्दिर परिसरबाट लागू हुन थालेको छ । विसं २०१८ चैत २९ गते राजा महेन्द्रबाट लालमोहर लागेको भिक्षा माग्ने (निषेध) ऐन पशुपतिनाथ मन्दिर परिसरबाट लागू भएको हो । भिक्षा माग्ने प्रथालाई निषेध गर्न बनेको ऐन २०१९ साल भदौ ११ गते नेपाल राजपत्रमा प्रकाशन भएको थियो । त्यसै वर्ष असोज १ गतेदेखि नेपालभर ऐन लागू गरिए पनि कार्यान्वयन हुन सकेको थिएन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!