संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको बेलवारी–५ स्थित लोहान्द्रा खोलामा ग्याङ फाइटमा हत्या भएको घटनाका मुख्य अभियुक्त कृष्ण चौधरीलाई मोरङ प्रहरीले झण्डै एक बर्षपछि पक्राउ गरेको छ । सादा पोशाकमा खटिएको टोलीले ग्रामथान–२ का ३१ बर्षीय चौधरीलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका चौधरी घटनाका मुख्य अभियुक्त हुन् ।

Advertisement

घटनापछि चौधरी फरार थिए । उनलाई सुन्दरहरैंचा नगरपालिकाको बाँसबारीबाट पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डिएसी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका चौधरीलाई प्रहरीले मोरङ जिल्ला अदालतमा उपस्थित गराएको छ ।

लोहान्द्रा खोलामा गत भदौ १२ गते भएको ग्याङ फाइटमा धारिलो हतियार प्रहारबाट घाइते भएका चन्द्रकुमार राईको उपचारका क्रममा विराट टिचिङ हस्पिटलमा मृत्यु भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि नै ६ जनालाई पक्राउ गरेको थियो ।

बेलबारी–५ तेलकुडीका ३१ वर्षीय विनयकुमार सरदार, ग्रामथान–६ का ३४ वर्षीय जितेन्द्र चौधरी, ३१ वर्षीय दीपेन्द्र चौधरी, ३२ वर्षीय वीरेन्द्रकुमार खाँ, बेलबारी–६ का ३८ वर्षीय विशालकुमार खवास र ३१ वर्षीय राजेन भनिने राजिन्द्र राईलाई प्रहरीले यसअघि घटनापछि पक्राउ गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!