संगालोखबर सम्वाददाता
फायल तस्वीर

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ मा बिहिबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

सडक निर्माणका लागि मिक्स्चर बोकेर जाँदै गरेको प्रदेश नं. १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर बिहान पौने ९ बजे रोडबाट २० मिटर तल खसेको हो । दुर्घटनामा परी सोही ट्याक्टरमा सवार खोटाङको रावावेशी–४ का २५ बर्षीय नेत्र बहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

Advertisement

दुर्घटनामा परी ट्याक्टर चालक र सह–चालक घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!