संगालोखबर सम्वाददाता

विराटनगर । सुनसरी र सप्तरीको सिमानास्थित कोशी ब्यारेजको पुलबाट आज बिहान ट्रक सप्तकोसी नदीमा खसेको छ । बिहान करिब ७ः४५ बजे पुलमा बससँग जुध्दा अनियन्त्रित भई मे १ ख ३००७ नम्बरको ट्रक नदीमा खसेको हो ।

Advertisement

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सो ट्रक विपरित दिसाबाट जादै गरेको मे १ ख १७६५ नम्बरको बससँग पुलमा ठोक्किएर नदीमा खसेको प्रहरीले जनाएको छ । ट्रकमा सवार तीन जनालाई प्रहरीले डोरी टाँगेर सकुशल उद्धार गरेको छ ।

ट्रक खस्दा ब्यारेजको १० नम्बर ढोकातर्फको बार भत्किएको छ । नदीमा खसेको ट्रक पानीमा पुरिएकाले देख्न छोडिएको स्थानीयबासीले जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!