संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । बुधबार राती साढे १० बजे कानेपोखरी गाउँपालिका–२ दलेली बजार नजिकै दुई पक्षबीच झडप भएको हो ।

झडपमा युवासंघ मोरङका अध्यक्ष नवीन पौडेल घाइते भएका छन् । दुवै समूह मध्यरातमा मतदातालाई प्रभावित पार्नका लागि दलेली बजार नजिक रहेको विपन्न बस्ती पुगेको प्रहरी स्रोतले जनाएको छ । सोही क्रममा दुई समूहबीच जम्काभेट भएपछि झडप भएको हो ।

Advertisement

झडपमा घाइते भएका पौडेलको टाउकोमा चोट छ । ईलाका प्रहरी कार्यालय पथरीबाट पुगेको प्रहरी टोलीले घटनास्थलबाट एउटा मोटरसाइकल बरामद गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!