संगालोखबर सम्बाददाता

इलाम । इलामको देउमाई नगरपालिका–५ बारुङमा आज झारफुक गर्ने क्रममा टोकेर श्रीमती र छोरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ बर्षीय कमल तामाङ छन् ।

Advertisement

बिहान ६ बजे तामाङले आफ्नै घरभित्र परिवारका सदस्यहरु राखेका धामी बसेका थिए । झारफुक गर्ने क्रममा उनले श्रीमती ३४ बर्षीया सीता तामाङ र १६ बर्षीया छोरी शिक्षाको घाँटी र शरीरका विभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको हो ।

घटनाको जानकारी पाएपछि अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट खटिएको टोलीले तामाङलाई पक्राउ गरेको हो । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!