संगालोखबर सम्वाददाता
फायल तस्वीर

इटहरी । इटहरीमा शनिवार बिहान बम फेला परेको छ । इटहरी उपमहानगरपालिका–२ स्थित अन्नपूर्ण मार्गमा बिहान करिब ८ बजे ग्रिनेड बम फेला परेको हो ।

अन्नपूर्ण मार्गको सडक निर्माणका लागि निर्माण सामाग्रि राखिएको ठाउँमा बम फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिए । एक बालकले बम फेला पारेपछि स्थानीयले इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए ।

Advertisement

घटनास्थल पुगेको प्रहरीले इटहरीस्थित सेनाको बम डिस्पोजल टोलीलाई खबर गर्यो । सेनाको टोली आएर बम डिस्पोज गरेको छ । चेकजाँच गर्दा गे्रनेड बम रहेको खुलेको प्रहरी निरीक्षक कटुवालले बताए ।

बम कसले किन राख्यो भन्ने खुलेको छैन, प्रहरीले यो बिषयमा अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!