संगालोखबर सम्बाददाता

काठमाडौं । हरेक १०–१० बर्षमा हुँने जनगणना आजबाट सुरु भएको छ । देशभर मंसिर ९ गतेसम्म जनगणना गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

Advertisement

सुरुवातमा राष्ट्रपति, प्रधानमन्त्री र उप–राष्ट्रपतिकोमा पुगेर गणकहरुले जनगणना गर्दैछन् । जनगणनाका लागि यसअघि नै घर तथा घरपरिवारको सूचीकरण गरिसकिएको छ । सूचीकृत भएका र कुनै कारण छुटेका सबै परिवारमा गणकहरु पुगेर सबै व्यक्तिको विस्तृत विवरण संकलन गर्छन् ।

जनगणनाका लागि देशभर करिब ४० हजार गणक र ८ हजार ५ सय सुपरीवेक्षक खटाइएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!