संगालोखबर सम्वाददाता

विराटनगर । सोमबारदेखि प्रदेश १ को प्रदेश सभाको दशौं तथा बजेट अधिवेशन सुरु हुँदैछ । प्रदेश सभा सचिवालयले बिहान ११ बजेका लागि प्रदेश सभा बैठक बोलाएको छ ।

Advertisement

अधिवेशनको पहिलो दिन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्थिक बर्ष २०७९/०८० को विनियोजित विधेयकमा समावेश हुँने सिद्धान्त र प्राथमिकता सम्बन्धि प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

त्यस्तै, प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले संवोधन गर्ने कार्यसूची पनि रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!