इलाम । इलामको राजदुवालीस्थित माइखोलामा पौडी खेल्ने क्रममा सोमबारदेखि बेपत्ता भएका जिल्ला बास्केटबल सङ्गघका अध्यक्ष रोहन आचार्य अझै फेला परेका छैनन् ।

Advertisement

माइखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका इलाम नगरपालिका–७ का ३३ वर्षीय आचार्यको खोजी तीव्र पारिए पनि नभेटिएको प्रहरीले जनाएको छ ।

बेपत्ता आचार्यको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनको खोजीका लागि स्थानीयवासी समेत परिचालित भएका छन् । यसैबीच आज कुशको शव बनाएर उनको अन्तेष्टि गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!