रबिन कटेल

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले मतदाता शिक्षा तथा एजेण्ड प्रशिक्षण तालिम सञ्चालन गरेको छ । धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका लगायत बिभिन्न पालिकाका कांग्रेस नेताहरुलाई तालिम दिइएको हो ।

Advertisement

कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राई, महासमिति सदस्य सुमना तिम्सिना, नेपाल प्रेस युनियनका अध्यक्ष हिमा चेम्जोङ्ग, नेपाल महिला संघका नगर अध्यक्ष राधा वजगाई लगायतले प्रशिक्षण दिएका छन् । मत बदर न्यूनिकरणका लागि मतदाता शिक्षा प्रभावकारी बनाउँन प्रशिक्षक तालिम सञ्चालन गरिएको कांग्रेस जिल्ला सचिव राईले जानकारी दिए । उनका अनुसार तालिममा सहभागि नेता तथा कार्यकर्ताहरुले मतदाताको घरदैलोमा पुगेर उनीहरुलाई मत हाल्न सिकाउने छन् ।

धनकुटाका सवै पालिकाहरुमा यो तालिम सञ्चालन गरिने कांग्रेसले जनाएको छ । जिल्लामा स्थानीय तह निर्वाचनका लागि चार दलीय गठबन्धन बनेको छ । गठबन्धनबाट फरक–फरक दलका उम्मेद्वार उठेको हुँनाले मतदानका क्रममा मतदाता झुक्किन सक्ने संभावना हुन्छ । सोही कारण सही तरिकाले मतदान गर्न सिकाउँने अभियान थालिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement