सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । टिकाप्रसाद लामिछानेद्वारा लिखित मोहभङ्ग सङघर्षमय जीवनयात्रा पुस्तक लोकार्पण गरिएको छ । धनकुटा–५, स्थित देवानटारमा कार्यक्रम गरी पुस्तक लोकार्पण गरिएको हो ।

Advertisement

कार्यक्रममा प्राध्यापक डाक्टर टंक न्यौपाने, गंगाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय धनकुटाका अध्यक्ष घनश्याम बराल, प्राध्यापक डा. दधिराज सुवेदी, प्राध्यापक डा.गोपाल भण्डारी, प्राध्यापक डा.हरीहर भण्डारी, प्राध्यापक डा.वद्रीविसाल श्रेष्ठ, प्राध्यापक गंगाधर कट्टेल, हरीप्रसाद बराल, टीका आत्रेय र पुण्यप्रभा लामिछाने लगायतले सामुहिक रुपमा पुस्तक लोकापर्ण गरेका हुन् ।

वि.स. १९९७ जेठ ३० गते धनकुटाको भीरगाउँमा माता स्व.डिल्लीराम र पिता स्व.धनमाया लामिछानेको कोखबाट जन्मिएका मधुखोले काइँला उपनामले परिचित टिकाप्रसादले यसअघि पनि बिभिन्न कृतिहरु प्रकाशन गरिसकेका छन् । जसमध्ये अभिव्यक्ति कविता संग्रह, नितिशास्त्र खण्डकाव्य, विदुरनिति खण्डकाव्य, कालजयी वाणी उक्तिसंग्रह, नीति शतक अनुदित, श्रृङगार शतक अनुदित र वैराग्य सतक अनुदित लगायत कृतिहरु चर्चित छन् ।

लामिछानेले धनकुटा–५ देवानटारमा २ करोड मुल्य पर्ने आफ्नो पक्की घरसहित ८ आना जग्गा दिएर २०६८ सालमा गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्कालय स्थापना गरेका छन् । सो पुस्तकालयमा संस्कृत, हिन्दी, नेपाली, अंग्रेजी, वंगाली, मैथिली, नेवारी, किरात, याम्फू लगायत भाषाका ३० हजार भन्दा वढी पुस्तक छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!