संगालोखबर सम्वाददाता

धनकुटा । जिल्ला सहकारी संघ धनकुटाको दशौं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै न्यून उपस्थितीमा साधारण सभा गरिएको संघले जनाएको छ ।

Advertisement

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र प्रसाद सुवेदीले सञ्चालक समितिको तर्फबाट संघ सञ्चालन सम्बन्धि प्रतिवेदन र लेखा संयोजक राजेन्द्र बस्नेतले लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन प्रस्तुत गरे ।

संघका उपाध्यक्ष कमल कुमार लामिछानेले कर्मचारी प्रशासन निर्देशिका, राहत उद्दार तथा क्षतिपूर्ति कोष संञ्चालन निर्देशिका, नियामावली, बचत निक्षेप संकलन ऋण लगानी, व्यावसाय प्रवद्र्धन तथा तरलता व्यावस्थापन सम्बन्धि निर्देशिका सभामा पेश गरे । पेश गरिएको प्रतिवेदनहरु सभाले सर्वसम्मत रुपमा पास गरेको छ ।

कार्यक्रममा केन्द्रीय पार्सद एवं निवर्तमान अध्यक्ष सुन्दरवावु श्रेष्ठले सुझावसहितको मन्तब्य राखे । सभामा सहभागिहरुलाई सदस्य हरी प्रसाद तिम्सिनाले मन्तब्यमार्फत स्वागत गरेका थिए ।

आगामी १५ दिनसम्म सम्पर्क कार्यालयमा माइन्यूटसहित सबै प्रतिवेदनहरु राखेर सवै प्रारम्भिक संस्थाका अध्यक्ष एबं प्रतिनिधिहरुको सुझावसहित हस्ताक्षर गराउँने कार्यक्रम तय गरिएको कार्यक्रम सञ्चालक एवं संघका सह–सचिव तिलक बहादुर महतले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!