संगालोखबर सम्बाददाता
सांकेतिक तस्बीर

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१ बाट लागुऔषध ब्राउन सुगरसहित एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा स्थानीय ३२ बर्षीया देवि लकान्द्री छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले लकान्द्रीको कोठा चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो । उनको कोठाबाट डिजिटल तराजु १ थान र उनले लगाएको सुरुवालमा लुकाई राखेको ८ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेकी लकान्द्रीको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!