सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बराहक्षेत्र–३ का २८ बर्षीय नगेन राई र चौदण्डीगढी नगरपालिका–१ का ३२ बर्षीय नबहाङ किराती छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको क्यु आरटी टोलीले मंगलवार राती उनीहरुलाई पक्राउ परेको हो । चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ६ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरुले प्रयोग गर्दै आएको दुई वटा साइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।