Avatar photoRabin Katel

धनकुटा । धनकुटाको गुराँसे नजिक कोशी राजमार्गमा आज बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बालुवा बोकेर धनकुटाबाट बसन्तपुरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ क ०५४९ नम्बरको हाइवा टिपर बिहान करिब ५ बजे धनकुटा नगरपालिका–२ नागढुङ्गामा पल्टिँएको हो ।

Advertisement

टिपर पल्टिँदा चालक प्युठानको मान्डवी गाउँपालिका–१ का २८ बर्षीय भुवन थ्रेडी मगर र सह–चालक दाङको बबई गाउँपालिका–३ का २१ बर्षीय नविन बि.क.गाडी मुनी किचिएका हुन् ।

टिपरले किचेको अवस्थामा फेला परेकाले तत्काल उनीहरुलाई निकाल्न नसकिएको र निकाल्न क्रेन ल्याउँने तयारी भइरहेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए ।

टिपरमा चालक मगर र सह–चालक विक मात्र सवार थिए । गाडीमा सवार दुवै जनाको मृत्यु भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका हवल्दार दिपक खड्काले बताए । टिपर सडकबाट करिब २५ मिटर तल खसेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement