संगालोखबर सम्वाददाता
फायल तस्बीर

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ मा साइकलसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । हिजो दिउँसो करिब ३ बजे को.२१ प ९४४६ नम्वरको मोटरसाइकल बर्जु–१ का ४५ बर्षीय चमरु ऋषिदेवले कुदाइरहेको साईकललाई ठोक्किएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक बर्जु–६ का २२ बर्षीय रंजित चौधरीको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक चौधरी र साइकल चालक ऋषिदेव घाइते भएका थिए ।

Advertisement

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!