संगालोखबर सम्बाददाता

संखुवासभा । संखुवासभामा छिमेकीले कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका–११ का २७ बर्षीय जीवन दर्जीले कुटपिट गर्दा सोही स्थानका ३० बर्षीय चन्द्र बहादुर दर्जीको मृत्यु भएको हो ।

Advertisement

आइतबार मादक पदार्थ सेवन गरेका जीवन र चन्द्र बहादुरबिच झगडा भएको थियो । एक आपसमा झगडा हुँदा जीवनको कुटाईबाट चन्द्र बहादुर बिरामी परेका थिए ।

जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा सोमबार चन्द्र बहादुरको मृत्यु भएको हो । उनको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाले जीवनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!