संगालोखबर सम्बाददाता

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–३ बाट अवैध जडीबुटीजन्य वनस्पति बोकेको ट्याक्टरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्याक्टर चालक खाँदवारी नगरपालिका–३ का २३ बर्षीय अनिल दर्जी छन् ।

Advertisement

मकालु–३ स्थित कोशी लोकमार्गमा ईलाका प्रहरी कार्यालय हेदङनाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा टच्यामताङबाट सदरमुकामतर्फ जाँदै गरेको ना.७ त ५६२१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । ट्याक्टरको डालामा त्रिपालले छोपेर राखिएको धुपी १४८.८३८ किलोग्राम र पाखनवेद ७१ किलोग्राम बरामद भएको प्रहरी जनाएको छ ।

नियन्त्रणमा लिएको अवैध वनस्पति, ट्याक्टर र चालकलाई थप अनुसन्धानका लागि मकालु बरुण राष्ट्रिय निकुञ्जमा बुझाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!