संगालोखबर सम्बाददाता

ईलाम । ईलामको सुर्योदय नगरपालिका–७ सुखेपोखरीस्थित मेची राजमार्गमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ८ जना घाइते छन् ।

Advertisement

हिजो दिँउसो साढे ३ बजे मे १ ज ३३०७ नम्बरको मारुति भ्यान अनियन्त्रित भई सडकबाट करिव १०० मिटर तल पल्टिएको थियो । दुर्घटनामा १० जना घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि बिर्तामोडस्थित वी एण्ड सी अस्पताल लगिएको थियो । उपचारकै क्रममा माईजोमाई गाँउपालिका–४ का ७६ बर्षीय राम प्रसाद तिम्सिना र माईजोमाई–३ का ४० बर्षीय भरत घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालकसहित घाइते ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!