संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

ईलाम । ईलामको माईजोगमाई गाँउपालिका–४ गैरीगाउँमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ५४ बर्षीय पुर्ण बहादुर घले छन् ।

सोमबार साँझ पराल बोकेको मे १ त ११७३ नम्बरको ट्याक्टरमा सवार घले ट्याक्टरबाट लडेका थिए । लडेका घलेलाई ट्याक्टरको डालाले किच्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Advertisement

घटनापछि ट्याक्टर चालक ताप्लेजुङको याङबरक गाँउपालिका–१ का २० बर्षीय टेकिन्द्र शिवा दर्जी फरार भएका थिए । प्रहरीले उनलाई आज पक्राउ गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!