संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजमा विद्यार्थीहरुबीच वक्तृत्वकला प्रतियोगिता गरिएको छ । कक्षा ११ र १२ का विद्यार्थीहरुबीच ‘विश्वव्यापी तापमानको प्रभाव र यसलाई कम गर्न युवाहरुको भूमिका’ विषयमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।

Advertisement

प्रतियोगितामा अंग्रेजीतर्फ स्नेहा ढकाल प्रथम, कौशल साह द्वितिय, कृस्टीना शर्मा तृतीय र रोहित कुमार सिंह सान्त्वना भएका छन् । त्यस्तै नेपाली विधातर्फ लक्षिता नहाटा प्रथम, सरु पराजुली द्वितिय, कृस्टा पोखरेल तृतीय र वेदान्ती सापकोटा सान्त्वना भएका छन् ।

कलेजमा पढ्ने युवाहरुलाई सचेतना जगाउन वक्तृत्वकला प्रतियोगिता गरिएको कलेजका प्रिन्सिपल लक्षण ढकालले जानकारी दिए । कलेजका अध्यक्ष गुणराज ढुंगेलको अध्यक्षतामा भएको प्रतियोगितामा ३७ विद्यार्थी सहभागि थिए । प्रतियोगीलाई अंग्रेजी र नेपाली दुबै विधामा वाचन गर्ने अवसर दिइएको थियो ।

विजयी विद्यार्थीहरुलाई कलेजका प्रिन्सिपल ढकाल, उपाध्यक्ष पि.के.झा, डाइरेक्टर डा. मनोज गुप्ता, डाइरेक्टर प्रदीप भगत, डाइरेक्टर नन्द किशोर अग्रवाल, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोख्रेल र कलेजको सामाजिक विषयका प्राध्यापक बद्री पौडेलले पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!