संगालोखबर सम्वाददाता

काभ्रे। काठमाडौंको सिनामंगलस्थित काठमाडौंं मेडिकल कलेजले शुक्रबार काभ्रेको धुलिखेलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । धुलिखेल नगरपालिका २ नं. वडा कार्यालय, धुलिखेल नगरपालिका स्वास्थ्य शाखा, सारथी फाउण्डेशन र सारथी बहुउद्देश्यीय सहकारी संस्थासँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो ।

Advertisement

स्थानीय सेतीदेवी माध्यमिक विद्यालयमा आयोजित शिविरमा १ हजार १ सय ६५ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा २१५ जनाको रक्त परीक्षण, १६० जनाको भिडियो एक्सरे र १५१ जनाको मुटुको जाँच (इसीजी) गरिएको छ । त्यस्तै, ३५ जना विरामीको दाँत खोलिएको छ ।

शिविरमा केएमसीको जनरल मेडिसिन, हाडजोर्नी तथा नसा रोग, प्रसुति तथा स्त्री रोग, छाला तथा यौन रोग, वाल रोग, नाक कान तथा घाँटी, दन्त लगायत बिभागका बिशेषज्ञ डाक्टरहरुले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!