संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा बहुमुखि क्याम्पसमा यसै शैक्षिक सत्रबाट विसीए कक्षा सञ्चालनको तयारी गरिएको छ । त्रिभुवन विश्वविद्यालयका अनुसार विसिए अध्ययन गर्नका लागि जुनसुकै संकायबाट भएपनि १२ कक्षा उत्तीर्ण हुनुपर्ने प्रावधान छ । पुरानो पाठ्यक्रममा एसएलसि सेकेण्ड डिभिजन र नयाँ पाठ्यक्रमा कम्तिमा जिपीए २.० सम्म ल्याई प्रमाणपत्र तह वा प्लस टु पास गरेका विद्यार्थीले यो विषयको अध्ययन गर्न सक्ने क्याम्पस प्रमुख होमबहादुर बस्नेतले बताए ।

Advertisement

उनका अनुसार सूचना प्रविधिको युगमा प्रविधिसँग सम्वन्धित विषय सञ्चालनका लागि क्याम्पसले पूर्वाधारसमेत निर्माण गरिसकेको छ । उनी भन्छन,–‘एक बर्षको लामो समयको तयारीपश्चात हामीले सम्बन्धन पाउने भएपछि अब कक्षा सञ्चालनको तयारीमा छौं, विसिए कार्यक्रम सञ्चालन गरेका अन्य क्याम्पसभन्दा नमुनाका रुपमा सञ्चालन गर्ने तयारी छ ।’

शैक्षिक हवको रुपमा विकास हुन थालेको धनकुटामा विसिए कार्यक्रम सञ्चालन थप इँटाको रुपमा रहने क्याम्पस प्रमुखको दावी छ । त्रिभुवन विश्वविद्यालयको मापदण्डभित्र रहेर फिस निर्धारण गरी कक्षा सञ्चालन गर्ने र नेपालको ११ औं क्याम्पसको रुपमा पढाई सुरु हुने क्याम्पसले जनाएको छ ।

चार वर्षमा ८ सेमेस्टरको कार्यक्रम सञ्चालन हुने विसीए कार्यक्रम कम्प्युटर सफ्टवेयरको सम्पूण प्याकेज रहेको क्याम्पस अनुगमनमा आएका सह–प्राध्यापक डा.गोविन्द प्रसाद शर्माले बताए । उनले भने ‘मानवीकि शिक्षा सकिएको भन्दै मिडियामा जनगुनासो बढेकाले अब प्राविधिक धारका विषय समावेश गरेर विभिन्न विषयमा त्रिविका आंगिक क्याम्पसमा यस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको हो ।’ त्रिविका आंगिक क्याम्पसले विसीएको कक्षा सञ्चालन गरेसँगैै एमसिएकोसमेत पाठ्यक्रम तयारी भएको र आगामी बर्षदेखि सञ्चालन हुने शर्माले बताए ।

स्नातक तह अन्तर्गत शिक्षा, मानवीकी, विज्ञान र व्यवस्थापन संकाय सञ्चालन गर्दै आएको क्याम्पसमा शिक्षा र मानवीकिको स्नाकोत्तर विषयसमेत पढाई हुँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!