संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

विराटनगर । मोरङका दुई छुट्टा–छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गएराती ७ बजे विराटनगर महानगरपालिका–११ रामपुर चौकमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ त ७१३९ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको हो ।

ट्याक्टरको ठक्करबाट साइकलयात्री स्थानीय ३४ बर्षीय मुन्ना कुमार साहनी घाइते भएका थिए । उपचारका लागि कोशी अस्पताल पुर्याउने बित्तिकै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ट्याक्टर र चालक सोही स्थानका १९ बर्षीय मुकेश कामतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

त्यस्तै मोरङकै बुढिगंगा गाउँपालिका–२ टंकीमा गएराती ८ बजे दक्षिणतर्फ जाँदै गरेको प्र.१–०४००१ प ६४६० नम्बरको स्कुटर अनियन्त्रित भई डिबाईडरमा ठोक्किदाँ दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर चालक उर्लाबारी नगरपालिका–४ आइतबारेका २६ बर्षीय सुरज खनाल घाइते भएका थिए । विराट मेडिकल कलेजमा उपचारका क्रममा राती साढे ८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!