संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटीमा आयोजित वक्तृत्वकला प्र्रतियोगितामा छथर जोरपाटी गाउँपालिका–२ को जोरपाटी महिला विकास समूह प्रथम भएको छ । लैङ्गिक हिंसा सम्वन्धि १६ दिने अभियानको अवसरमा छथर जोरपाटी गाउँपालिकाले महिला समूहहरुबीच वक्तृत्वकला प्रतियोगिता गरेको हो ।

Advertisement

प्रतियोगतामा ९ समूहलाई पछि पार्दै जोरपाटी महिला समूहकी टिका भट्टराईले आफ्नो समूहलाई प्रथम स्थान दिलाएकी हुन् । प्रतियोगितामा वडा नं.२ को एकल महिला समूहकी बिमला काफ्ले दोस्रो भएकी छन् । त्यस्तै वडा नं.५ को प्रगतिशिल महिला समूहकी नर्वदा काफ्ले तेस्रो र वडा नं. ६ परेवादिन स्वास्थ्य चौकी अन्तर्गतको महिला स्वयंसेवक समूहकी रिता भट्टराई सान्तत्वना भएकी छन् ।

प्रतियोगितामा प्रथम, द्घितिय, तृतीय र सान्तत्वना हुँनेलाई क्रमशः नगद ५ हजार, ४ हजार, ३ हजार र २ हजारका दरले पुरस्कृत गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिइन् । उनीहरुलाई गाउँपालिका उपाध्यक्ष भीमकला श्रेष्ठ, कार्यपालिका सदस्य तथा वडा अध्यक्षहरुले पुरस्कार प्रदान गरेका छन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले छथर जोरपाटी गाउँपालिकामा महिला हिंसाको अन्त्य गरी समृद्ध समाजको निर्माण गर्न सबैलाई सुझाव दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!