संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको साँगुरिगढी गाउँपालिका–६ नाम्जेस्थित ग्रामीण जनता माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन उद्घाटन गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच दुई वटा भवन र शिलालेख उद्घाटन गरिएको हो ।

Advertisement

प्रतिनिधि सभा सदस्य राजेन्द्र राई, प्रदेश सभा सदस्य निरन राई र विनादेवी राईले संयुक्त रुपमा विद्यालय भवन र शिलालेख उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रतिनिधि सभा सदस्य राईले आफ्नो पहलकदमीबाट धनकुटामा १ सय ५३ वटा विद्यालयको आधुनिक गुणस्तरीय भवन निर्माणको प्रकृया अघि बढेको बताए । ९ वटा नमुना विद्यालय निर्माणका लागि भवन निर्माण भइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा प्रदेश सांसद निरन राईले शैक्षिक क्षेत्रलाई आधुनिकीकरण र परिवर्तन गर्न एमालेले मात्र सक्ने दावी गरे । प्रदेश सांसद विनादेवि राईले शिक्षा क्षेत्रको विकासका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिइन् । साँगुरीगढी गाउँपालिका अध्यक्ष कुमारजंग याख्खाले गाउँपालिकाबासीको शैक्षिक र आर्थिक स्तर बृद्धि भइरहेको दावी गरे । ६ नं. का वडाध्यक्ष हेमप्रकाश मगरले संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा विद्यालय भवन निर्माण भएको भन्दै खुशी व्यक्त गरे ।

गाउँपालिकाको १८ लाख, प्रदेश सरकारको १८ लाख, संघ सरकार अन्तरगतको राष्ट्रिय पुननिर्माण प्राधिकरणको ६९ लाख ३० हजारको लागतमा दुई तले ४ कोठे २ वटा भवन बनाइएको हो । त्यस्तै, प्रदेश सांसद विनादेवी राईको सांसद विकास कोषको ५ लाख लागतमा विद्यालयको शिलालेख बनाइएको विद्यालयका प्रधानाध्यापक टंक बहादुर भुजेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!