संगालोखबर सम्बाददाता

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–२ भानुचोकबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१३ का २७ बर्षीय मिलन तामाङ छन् ।

Advertisement

वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले चेकजाँच गर्दा तामाङको साथबाट लागुऔषध फेला पारेको हो । डाईजेपाम ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, एभिल ८ एम्पुल, नाईट्रोजोपाम ५० ट्रयाब्लेट र स्पास्मो प्रोक्सिभन १८ ट्याब्लेटसहित उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

तामाङका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!