संगालोखबर सम्बाददाता

झापा । झापामा मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलामको सुर्योदय नगरपालिका–१ का २१ बर्षीय आशिष सुब्बा, सुर्योदय–८ का २१ बर्षीय विवेक घिमिरे र विर्तामोड नगरपालिका–३ विर्ताबजारका २६ बर्षीय रंजित राजवंशी छन् ।

Advertisement

झापामा मोटरसाइकल चोरीका घटना वृद्धि भएसँगै ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको टोलीले चोरीमा संलग्नको खोजी गरिरहेको थियो । सोही क्रममा चोरी भएको मे ६ प २५०५ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल र मे ११ प ९७३५ नम्बरको १५० सिसिको एफजेड मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका तीनै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!