संगालोखबर सम्बाददाता

झापा । झापाको भद्रपुर नगरपालिका–७ बोक्तोवारीबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय १९ बर्षीय नारायण राजबंशी, २२ बर्षीय प्रकाश राजबंशी, भद्रपुर–६ संगमटोलका २० बर्षीय राहुल ठाकुर, भद्रपुर–५ का २१ बर्षीय सोनु राजबंशी, बिर्तामोड नगरपालिका–८ सैनिकटोलका १८ बर्षीय सुदिप श्रेष्ठ, बिर्तामोड–६ कसेनिटोलका ३१ बर्षीय प्रताप योञ्जन र अर्जुनधारा नगरपालिका–१ का २८ बर्षीय राज श्रेष्ठ छन् ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले उनीहरुको साथबाट ४ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर, नाईट्रोजन ट्याबलेट १ र एउटा डिजिटल तराजु फेला पारेको हो । उनीहरुलाई लागुऔषधसहित फेला पारेपछि उनीहरुले प्रयोग गरेको मे ८ प ९७०१ र को ३८ प ९०२८ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सातै जनाको विषयमा थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!