झापा । झापाको मेचिनगर नगरपालिका–१४ शनिबारेमा जंगली आत्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा भद्रपुर नगरपालिका–९ का ६० बर्षीय राम बहादुर बुर्जा मगर छन् ।
बिहान साढे ६ बजे शनिबारेस्थित चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जंगली हात्तीले आक्रमण गरेको थियो । जंगली हात्तीको आक्रमणबाट घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट टोली घटनास्थल गएको छ ।