संगालोखबर सम्वाददाता

धनकुटा । छथर जोरपाटी गाउँपालिका वडा नं. ५ का आगलागी पीडित सूर्यबहादुर लिम्बूको परिवारलाई गाउँपालिका र रेडक्रसले राहत उपलब्ध गराएको छ । लिम्बू परिवारलाई छथर जोरपाटी गाउँपालिकाले जस्तापाता, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएको छ ।

Advertisement

त्यस्तै, रेडक्रसले लत्ताकपडा, त्रिपाल लगायत सामग्री प्रदान गरेको छ । छथर जोरपाटी गाउँपालिकाकी उपाध्यक्ष भीमकला श्रेष्ठ, रेडक्रस सिंधुवा शाखाका सभापति निलबहादुर थापा, वडा नं. ५ का अध्यक्ष सुरेन्द्र कुमार लिम्बूले राहत हस्तान्तरण गरेका हुन् ।

बिहिबार राती आगलागी हुँदा लिम्बुको घर जलेर नष्ट भएको हो । घरसँगै खाद्यान्न, लत्ताकपडा लगायत सामग्री जलेर नष्ट हुँदा लिम्बू परिवारको बिचल्ली भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!