मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ जय चोकस्थित राजमार्गमा बसको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका–४ की भावना आचार्यका ७ बर्षीय छोरा विवश छन् ।
बिहान साढे ७ बजे प्रदेश–३–००१ ख २०० नम्बरको काठमाडौंबाट आएको नाईट बसले आमासँग बाटो काट्ने क्रममा बालकलाई ठक्कर दिएको हो । बसको ठक्करबाट बालक गंभीर घाइते भएका थिए । उपचारका लागि पथरी अस्पताल पुर्याउने बित्तिकै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
दुर्घटनापछि बस र चालक भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ का ३४ बर्षीय शम्भु थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।