संगालोखबर सम्बाददाता

धनकुटा । प्रधानन्यायधीश चोलेन्द्रशमशेर जवराको राजीनामा माग गर्दै धनकुटाका कानून व्यवसायीहरुले पनि आइतवार कालो पट्टी बाधेर अदालतमा धर्ना दिएका छन् । नेपाल वार एशोसिएशनको देशव्यापी विरोध कार्यक्रम अनरुप कानून व्यवसायीहरुले हातमा कालो पट्टी बाधेर उच्च अदालत विराटनगर धनकुटा इजलासमा बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म एक घण्टा धर्ना दिएका हुन् ।

Advertisement

उनीहरुले प्रधानन्यायधीश जवराले राजीनामा दिनुपर्ने माग गरेका छन् । सो अवसरमा बोल्दै बार एशोसिएशनकी अध्यक्ष हिमा बस्नेतले न्यायपालिकाको गरिमा कायम राख्न नसककेकाले प्रधानन्यायधीश जवराले राजीनामा दिनुपर्ने बताइन् । उनले नेपाल वार एशोसिएशन केन्द्रको सर्कुलर अनुसार जिल्लामा पनि प्रधानन्यायाधीस विरुद्धको आन्दोलनलाई निरन्तरता दिइने जानकारी दिइन् ।

प्रधानन्यायधीश जवराले मन्त्री कोटा मागेको चर्चा सुरुभएदेखि न्यापालिका क्षेत्र विवादमा छ । अहिले न्यायपालिकको विकृति, विशंगति र भ्रष्टाचार अन्त्य गर्न भन्दै बार एशोसिएशनले आन्दोलन गर्दै आएको छ । न्यायपालिकाको गरिमा कायम राख्न नसकी विवादित बनेको भन्दै एशोसिएसनले प्रधानन्यायाधीश जवराको राजीनामा माग्दै आएको छ ।

तर, जवराले राजीनामा नदिएपछि थप दवाव दिन एशोसिएशनले आइतवारबाट देशव्यापी आन्दोलन थालेको हो । अब, सोमबार र मंगलबार पनि देशभरका अदालतहरुमा कालो पट्टी बाधेर धर्ना दिइने बार एशोसिएसनले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!