धनकुटा । छथर जोरपाटी गाउँपालिकाले कृषकहरुलाई करिब चार लाख मूल्य बराबरको मटर र मुलाको उन्नत जातको बीउ बितरण गरेको छ । गाउँपालिकाका छ वटै वडाका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बीउ बितरण गरिएको हो ।
३ वटा कृषि सहकारी, २६ वटा कृषक समूह र १० वटा निजी फर्ममार्फत कृषकहरुलाई बीउ बितरण गरिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख मिलन कार्कीले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बू र उपाध्यक्ष भीमकला श्रेष्ठले संस्था तथा समुहका प्रतिनिधिहरुलाई बीउ हस्तान्तरण गरेका हुन् । अनुदानको बीउबाट ७९० भन्दा बढी कृषक लाभान्बित हुने गाउँपालिकाको अनुमान छ ।