धनकुटा । धनकुटामा शुक्रबारबाट स्थलगत चित्रकला कार्यशाला सुरु भएको छ । धनकुटा नगरपालिकाको सहयोगमा हाम्रो बहुमुखी पाठशालाले दुई दिने कार्यशाला आयोजना गरेको हो ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले चित्र पेपरमा पेन्ट गरेर कार्यशाला उद्घाटन गरेका छन् । कार्यक्रममा नगर प्रमुख तामाङले विभिन्न विधाका कला मध्ये चित्रकला एक उत्कृष्ट कला भएको बताए । उनले कार्यशालामा कोरिएका जिल्लाका पर्यटकीय स्थलका चित्रहरुलाई नगरपालिकाले खरिद गरेर सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।
कार्यशालामा हाम्रो बहुमुखी पाठशालाका संयोजक डिल्लीकृष्ण आले, अन्तराष्ट्रि जल रंग समाज नेपालका अध्यक्ष एनवी गुरुङ्ग, महासचिव दिपेन्द्रमान वनेपाली, डीवी राई, प्रदेश नं. १ का संयोजक महेन्द्र राई, प्रदेश नं.२ का संयोजक मुकेश महतो, छेतेन शेर्पा, विगेन राई लगायत चित्रकारहरु सहभागि छन् ।
चित्रकारहरुले धनकुटा नगर क्षेत्रका बिभिन्न स्थानमा बसेर सोही स्थानको चित्र कोर्ने धनकुटा बहुमुखी पाठशालाका अध्यक्ष सरोज भुजेलले जानकारी दिए । उनका अनुसार नगर क्षेत्रका पर्यटकीय स्थलहरुको चित्र कोर्ने र त्यसलाई मदनचौकमा प्रदर्शन गरिनेछ ।